0
बैतडी, ३१ जेठ । तल्लादेही–९ धारीका ८२ वर्षीय अजी धामीको हत्याको आरोपमा छोरासहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मृतकका २९ वर्षीय छोरा जयबहादुर र अर्का छिमेकी २० वर्षीय हिराबहादुर धामी रहेको प्रहरीले जनाएको छ । आइतबार राति ८ बजेतिर छोरा जयबहादुर र हीराबहादुरबीच भएको झगडा छुट्याउन गएका वृद्धको ज्यान गएको हो ।
अभियुक्त दुवैलाई जिल्ला प्रहरी कार्यालय बैतडी ल्याइँदैछ । घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्छ । रासस

Post a Comment

 
Top